FAQs Complain Problems

पर्साको बिन्दवासिनी गाउपालिकामा आयोजित ३ दिने क्षमता अभिबृद्धी सम्बन्धि आधारभुत पत्रकारीता तालिम आज सम्पन्न भएको छ ।

 

बिन्दवासिनी गाउपालिकामा आयोजित ३ दिने क्षमता अभिबृद्धी सम्बन्धि आधारभुत पत्रकारीता तालिम आज सम्पन्न भएको छ ।

गाउपालिकाका प्रेस सल्लाहकार सन्जिब मिश्राको सभापतित्वमा भएको कार्यक्रममा गाउपालिकाकी उपप्रमुख किरणदेबी गुप्ता, पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, संघिय प्रेस फोरम प्रदेश न. २ का उपाध्यक्ष बिजय कुश्वाह, वडा न. २ का अध्यक्ष सन्जय चौहान, वडा न. ४ का अध्यक्ष अनोज कुमार चौरासिया, द न्यु स्टार युवा क्लबका अध्यक्ष रामसनेही प्रसाद चौहान लगायतको सहभागिता रहेको थियो ।

६५ जना पर्सेलि पत्रकारहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण मुकलेश गद्धीले गर्नुभएको थियो । यसअघि आजै बहुअर्वाभाठामा भएको जनप्रतिनिधि र पत्रकारबिचको एकदिवसिय फुटबल प्रतियोगितामा पत्रकारको समुहलाई ३ गोलले पराजित गर्दै जनप्रतिनिको समुह बिजय भएको छ ।

पत्रकार र जनप्रतिनिधि बिचको सम्बन्धलाई अँझ प्रगाढ बनाउने अभिप्रायले फुटबल प्रतियोगिताको आयोजना गरिएको गाउपालिकाकी उपाध्यक्ष किरणदेबी गुप्ताले बताउनुभयो ।

आर्थिक वर्ष: